झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी
काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३ १३:४३
प्रतिक्रिया दिनुहोस्


