साउन २९ गते राष्ट्रिय भेला गर्ने कांग्रेस संस्थापन इतर पक्षको घोषणा
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका हुन् ।
उनले १५औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए । विशेष र नियमित महाधिवेशनको कारणले पार्टी विभाजित अवस्थामा रहेकाले एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ १८:३९
प्रतिक्रिया दिनुहोस्


