नेपाल न्युज प्वाइन्ट डटकम
व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं : व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो ।

अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवालविरुद्ध बैंकिङ कसुर सम्बन्धी परेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् । यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए । 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update