नेपाल न्युज प्वाइन्ट डटकम
यस्ता छन् सचिव बैठकका २२ निर्णय

काठमाडौं : सरकारले प्रशासनिक संयन्त्रलाई चुस्त बनाउँदै सेवा प्रवाहमा आमूल सुधार गर्न २२ बुँदे निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले शासकीय सुधार, सेवा प्रवाहमा सरलीकरण र कार्यसम्पादन व्यवस्थापनका सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

सरकारले मालपोत, नापी, यातायात, श्रम र जिल्ला प्रशासन जस्ता जनसम्पर्क बढी हुने कार्यालयहरूमा 'एकद्वार सेवा प्रवाह' प्रणाली अनिवार्य गर्ने भएको छ । निवेदन वा उजुरी लेख्न नसक्ने सेवाग्राहीका लागि सम्बन्धित कार्यालयले नै छुट्टै कर्मचारी खटाउनुपर्ने र बिचौलियामुक्त सेवा सुनिश्चित गर्नुपर्ने निर्णयमा उल्लेख छ ।

सबै मन्त्रालय र सेवा प्रदायक निकायमा क्युआर कोड, वेबसाइट र मोबाइल एपमार्फत एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिनेछ । प्राप्त गुनासोहरूको शतप्रतिशत सम्बोधन निश्चित समयभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक सेवा प्रवाहमा हुने अनियमितता, भ्रष्टाचार र गुणस्तरहीन कार्यको निगरानी गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ । दोषी देखिएका पदाधिकारी वा कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरिनेछ । यस्तै, 'राष्ट्रिय सदाचार नीति, २०८३' लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कर्मचारीहरूलाई अनुशासित र नैतिक बनाउन जोड दिइएको छ ।

हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयपश्चात साविकका अन्य सार्वजनिक बिदाहरू पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

1-1784538629.jpg
2-1784538628.jpg
3-1784538630.jpg
4-1784538630.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update