काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् । घटनामा उनको दायाँ हात भाँचिएको छ ।
देउवानिकट स्रोतका अनुसार केही दिनअघि हङकङमा बाथरुममा लड्दा उनको दायाँ हातमा चोट लागेको हो । उपचारपछि उनी त्यहाँकै एक स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
पछिल्लो समय हङकङमा रहेका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै विभिन्न स्थानमा हिँडडुल गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुँदै आएका छन् ।
देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए । त्यसअघि उनी १३ फागुन २०८२ को राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए ।
देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको र हातको उपचारपछि अस्पतालबाट घर फर्किसकेको स्रोतले जनाएको छ ।


