नेपाल न्युज प्वाइन्ट डटकम
एमालेलाई कसैको सहारा चाहिदैन, आफै अघि बढ्न सक्षम छ : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न प्रयास भइरहे पनि एमाले आफ्नै संगठनात्मक आधारमा अघि बढ्न सक्षम रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कुनै अर्को शक्तिको सहारामा मात्र टिक्ने संगठन नभएको दाबी गरे ।

उनले पछिल्ला राजनीतिक परिस्थितिबाट पार्टीमा असर परेको भए पनि त्यसले एमालेको अस्तित्व समाप्त नभएको बताए । विभिन्न चुनौती, संकट र प्रतिकूल अवस्थाको सामना गर्दै पार्टी अघि बढेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आफ्नै शक्तिका आधारमा संगठनलाई पुनः सुदृढ बनाउने धारणा राखे ।

अध्यक्ष ओलीले एमाले कठिन परिस्थितिबाट विचलित नहुने उल्लेख गर्दै पार्टीले विगतमा पनि अनेकौँ चुनौती पार गर्दै आएको बताए । उनले बाह्य सहाराबिना पनि पार्टीले आफ्नो राजनीतिक यात्रा निरन्तर अघि बढाउन सक्ने दाबी गरे ।

कार्यक्रममा उनले प्रविधिको प्रयोगमार्फत पार्टी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक गरिएको जानकारी दिए ।

लीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले केही दिनअघि जेनजी अभियन्ता माजिद अन्सारीमाथि कीर्तिपुरमा भएको प्रहरी आक्रमणबारे भन्दै अत्यारको पराकाष्ट भएको बताए ।

ओलीले सरकार लोकतान्त्रिक मूल्य–मान्यताबाट विचलित हुँदै फासिवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमाथि दमन, सञ्चारमाध्यममाथि अवरोध र विपक्षीमाथि दबाब बढेको दाबी गरे ।

उनले एमालेको पार्टी कार्यालय र नेताहरूका घरमा जेन-जीका नाममा आगजनी भएको स्मरण गर्दै त्यस्ता घटनामा संलग्न व्यक्तिहरूको कडा आलोचना गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update