नेपाल न्युज प्वाइन्ट डटकम
फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं : फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । 

फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो । 

त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।  बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update