कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी पार्किङ गरेर राखेको पाइएको छ । थापाको रातोपुलस्थित निवास अगाडिको गेटमा बिएसी ९५७५ नम्बरको गाडी पार्किङ गरेर राखेको भेटिएको हो ।
उक्त गाडी मोटरसाइकलसमेत निस्कन नमिल्ने गरी राखिएको छ । गाडी क्रेनको प्रयोग गरेर हटाउन लागिएको प्रहरीले जनाएको छ ।
सोमबार नै सञ्चारमाध्यमहरूको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएको गाडीहरू भेटिएका थिए । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखिएको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाइसकेको छ ।
प्रकाशित मिति: सोमबार, असार २९, २०८३ १५:५०
प्रतिक्रिया दिनुहोस्


