नेपाल न्युज प्वाइन्ट डटकम
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । ​घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र  उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । उनले आत्मदाहको प्रयासको कारण भने खुलेको छैन ।

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update