नेपाल न्युज प्वाइन्ट डटकम
नेपाली पुरुष फुटबल टोलीका प्रशिक्षक एरेनाले दिए राजीनामा

काठमाडौँ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि सिर्जित अन्यौलपूर्ण स्थितिमा उनले नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी छाडेको बताएका छन् ।

प्रशिक्षक एरेनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अगाडि बढाउन सकिन्न । म अहिलेको स्थितिलाई लिएर निकै निराश छु । अहिले नेपाली फुटबल गतिविधिविहीन स्थितिमा पुगेको छ ।’

नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले गत फागुन २८ मा एरेनालाई आधिकारिक रूपमा मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update