कैलालीमा हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
काठमाडौँ : कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागू औषध मुद्दाका एक थुनुवा फरार भएका छन् ।
टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट सोमवार राति भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।
घटनाको छानबिनका लागि संयोजकत्वमा समिति गठन गरिएको छ । थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २३, २०८३ १२:२४
प्रतिक्रिया दिनुहोस्


