नेपाल न्युज प्वाइन्ट डटकम
महिलालाई गोप्य अंग देखाउने शिक्षा अधिकृत पक्राउ

काठमाडौं : ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित सार्वजनिक स्थानमा एक महिलामाथि अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुरमा बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ । उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार भट्टले इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलालाई गोप्य अंग देखाउँदै अश्लील व्यवहार गरेका थिए । घटनापछि पीडित महिलाले उक्त हर्कतको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले भट्टलाई हिरासतमा राखेर सार्वजनिक शिष्टाचारविपरीतको कसुर तथा घटनासम्बन्धी अन्य पक्षमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update