संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिएका हुन् ।
उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे सदनलाई जानकारी गराउन पनि सरकारलाई निर्देशन दिए । सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिएका हुन् ।
मनसुनजन्य जोखिमको समय नजिकिएसँगै हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिए ।
प्रकाशित मिति: सोमबार, असार २२, २०८३ १३:५६
प्रतिक्रिया दिनुहोस्


