नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी मोरङको निरीक्षण, नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन

काठमाडौँ : गृहमन्त्री सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङको प्रत्यक्ष निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

शनिबार मोरङस्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेकलगायतका संरचनाको अवलोकन गरेका थिए । साथै, त्यहाँ कार्यरत प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्ने कार्यमा समन्वय, अनुशासन र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न प्रहरीलाई निर्देशन दिए ।

उनले प्रहरी संगठनको हित र उद्देश्यलाई प्राथमिकतामा राख्दै आचरण तथा व्यवहारमा सुधार गरी नागरिकमैत्री सेवा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए । साथै, आफ्नो काम, कर्तव्य, जिम्मेवारी र अधिकारको इमान्दारीपूर्वक पालना गर्न पनि प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update