नेपाल न्युज प्वाइन्ट डटकम
७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ :  ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् । त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ । 

त्यस्तै पोखरा विश्वविद्यालयकाे उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयकाे उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ । 

खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update