रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।
गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा भएको पहिलो महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
सभापति लामिछानेले भने महाधिवेशनस्थलै शपथ ग्रहण गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३ १३:१०
प्रतिक्रिया दिनुहोस्


