नेपाल न्युज प्वाइन्ट डटकम
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागिविशेष अदालतमा पेस गरिएको थियो ।

यसअघि पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।  

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update