नेपाल न्युज प्वाइन्ट डटकम
विश्वकप २०२६ : राउण्ड अफ ३२ को-को भिड्दैछन् ?

काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू समाप्त भएसँगै राउण्ड अफ ३२ (नकआउट चरण)को समीकरण पूरा भएको छ । आइतबार बिहान अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरियाबीचको खेल सकिएपछि नकआउट चरणमा पुग्ने सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकपको इतिहासमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएको यस संस्करणमा समूह चरणमा मात्रै अहिलेसम्मकै धेरै ७२ खेल सम्पन्न भएका छन् । १२ वटा समूहबाट विजेता र उपविजेता बनेका २४ टोली र तेस्रो स्थानमा रहेका टोलीमध्ये उत्कृष्ट ८ टोलीले अन्तिम ३२ मा स्थान बनाएका हुन् ।

समूह 'ए' बाट मेक्सिको र दक्षिण अफ्रिका, 'बी' बाट स्विट्जरल्याण्ड र क्यानडा, 'सी' बाट ब्राजिल र मोरक्को, 'डी' बाट अमेरिका र अस्ट्रेलिया, 'ई' बाट जर्मनी र आइभोरी कोस्ट, 'एफ' बाट नेदरल्याण्ड्स र जापान, 'जी' बाट बेल्जियम र इजिप्ट, 'एच' बाट स्पेन र केप भर्डे, 'आई' बाट फ्रान्स र नर्वे, 'जे' बाट अर्जेन्टिना र अस्ट्रिया, 'के' बाट कोलम्बिया र पोर्चुगल, 'एल' बाट इंग्ल्यान्ड र क्रोएशिया समूह विजेता र उपविजेता बनेर नक आउट प्रवेश गरेका हुन् ।

तेस्रो स्थानमा उत्कृष्ट नतिजाका आधारमा कंगो, स्विडेन, घाना, इक्वेडर, बोसनिया एन्ड हर्जगोभिना, अल्जेरिया, पाराग्वे र सेनेगल नकआउटमा पुगेका हुन् ।

नकआउट चरणका खेलहरू सोमबारदेखि सुरु हुनेछन् । पहिलो खेलमा दक्षिण अफ्रिका र सह-आयोजक क्यानडा भिड्नेछन् । नकआउट चरणमा पराजित हुने टोली सिधै बाहिरिनेछन् भने विजयी हुने १६ टोली राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् ।

राउन्ड अफ ३२ को खेल तालिका

दक्षिण अफ्रिका भर्सेस क्यानडा : असार १५ गते सोमबार बिहान १२:४५ बजे
ब्राजिल भर्सेस जापान : असार १५ गते सोमबार राति १०:४५ बजे
जर्मनी भर्सेस पाराग्वे : असार १६ गते मंगलबार बिहान २:१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को : असार १६ गते मंगलबार बिहान ६:४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे : असार १६ गते मंगलबार राति १०:४५ बजे
फ्रान्स भर्सेस स्विडेन : असार १७ गते बुधबार बिहान २:४५ बजे
मेक्सिको भर्सेस इक्वेडर : असार १७ गते बुधबार बिहान ६:४५ बजे
इंग्ल्यान्ड भर्सेस डिआर कंगो : असार १७ गते बुधबार राति ९:४५ बजे
बेल्जिया भसेस सेनेगेल : असार १८ गते बिहीबार बिहान १:४५ बजे
अमेरिका भर्सेस बोस्निया : असार १८ गते बिहीबार बिहान ५:४५ बजे
स्पेन भर्सेस अस्ट्रिया : असार १९ गते शुक्रबार बिहान १२:४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया : असार १९ गते शुक्रबार बिहान ४:४५ बजे
स्विट्जरल्यान्ड भर्सस अल्जेरिया : असार १९ गते शुक्रबार बिहान ८:४५ बजे
अस्ट्रेलिया भर्सेस इजिप्ट : असार १९ गते शुक्रबार राति ११:४५ बजे
अर्जेन्टिना भर्सेस केप भर्डे : असार २० गते शनिबार बिहान ३:४५ बजे
कोलम्बिया भर्सेस घाना : असार २० गते शनिबार बिहान ७:१५ बजे

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update