विष्णु पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं : विशेष अदालत काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै सुर्खेतबाट पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३ १९:४६
प्रतिक्रिया दिनुहोस्


