नेपाल न्युज प्वाइन्ट डटकम
एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो ।

संसदीय दल बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित रहनेछन् ।

यस्तै आजै सचिवालय बैठक पनि बस्दैछ । अध्यक्ष ओलीनिवास भक्तपुर गुण्डुमा आज साँझ ६ बजे सचिवालय बैठक बस्ने तय भएको छ ।

सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन बैठक बोलाइएको हो । 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update