नेपाल न्युज प्वाइन्ट डटकम
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागले उनको घरमा छापा मारेको खुलेको छ । विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्वन्ध रहेको आशंकामा उनीमाथि अनुसन्धान अगाडि बढाइएको हो ।

एमालेको 'निर्वाचन समीक्षा तथा पुनर्गठन' सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए । सोही बेला उनलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update