नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभाबाट चार वटा अध्यादेश स्वीकृत

काठमाडौं : राष्ट्रिय सभाबाट चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको हो ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।

ती अध्यादेशलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update