सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत
काठमाडौं : सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्वीकृतिका लागि पेस गरेको प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यसअघि विपक्ष दलको तर्फबाट श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उक्त अध्यादेश अस्वीकृत गरियोस् भनि राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।
त्यसैगरी बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार ११ गते बिहीवार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३ १५:०३
प्रतिक्रिया दिनुहोस्


