नेपाल न्युज प्वाइन्ट डटकम
अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको विषय आपत्तिजनक : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि धम्की दिएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहप्रति आपत्ति जनाएको छ । 

प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री शाहले उनीहरूमाथि धम्की दिने काम गरिएको विषय आपत्तिजनक भएकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानबिन समिति गठन गर्नपर्ने कांग्रेस सांसद नरेन्द्रकुमार केरुङको माग छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवैधानिक आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनछेक गरेर धम्की दिने काम उचित नभएको यसबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनेपर्ने माग समेत गरे ।

सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिए ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update