नेपाल न्युज प्वाइन्ट डटकम
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताएकी छन् ।

बुधबार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकार लागिपरेको बताएकी हुन् ।

मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको पनि बताइन् । विगत ३ दिनयता इलामलगायतका देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन् । 

उनले भनिन्, ‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरुका समस्या समाधान गर्नका लागि मन्त्रालयको गम्भीर भएर पहल गरिराखेको छ । यस विषयमा प्राविधिक तथा कूटनीतिक रुपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गईराखेको जानकारी गराउन चाहन्छु ।’

मन्त्री चौधरीले सरकारले बनाएका योजनाहरू कार्यान्वयनमा सांसदहरूले महत्वपूर्ण सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update