राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।
अख्तियार स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् ।
अर्यालसँगै व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ परेका छन् । थापा राष्ट्रिय सभा सदस्य सुनील थापाका छोरा हुन् ।
राहदानी विभागसँग सम्बन्धित खरिद प्रक्रियाको छानबिनका क्रममा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बुझिएको छ । उनीहरूलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीमार्फत नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३ १३:०२
प्रतिक्रिया दिनुहोस्


