नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै

काठमाडौं : प्रतिनिधिसभाको बिहीबारको बैठक पनि श्रम संस्कृति पार्टीले अवरोध गरेको छ । बिहीबारको बैठक सुरु हुने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रकर्डबाट नहटाई संसद् चल्न नदिने पार्टीका अध्यक्ष हर्क साम्पाङले बताए । आजको बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update