नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।  संसदमा विपक्षीको अबरोधपछि सभामुख डोल प्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको 'नेपालले पनि भारतको सीमा मिचेको छ' भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update