राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा मागेको छ ।
आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । ‘नैतिकता र निश्पक्षताको दृष्टिकोणले उहाँ (अर्थमन्त्री) जिम्मेवारीबाट पर रहनुपर्छ’ उनले भनिन् ।
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि सारेपछि यो विषयमा सरकारको आलोचना भइरहेको छ ।
यसबारेको प्रश्नमा यसअघि नै श्रम संस्कृति पार्टीले अर्थमन्त्रीको राजीनामा मागिसकेको छ । यस्तैमा राप्रपाले पनि अर्थमन्त्रीको राजीनामा मागेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ १३:५८
प्रतिक्रिया दिनुहोस्


