नेपाल न्युज प्वाइन्ट डटकम
फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

ललितपुर : जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जंगल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो । 

जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रले एकवर्षमा फुल्चोकी क्षेत्रमा हराएका व्यक्तिसम्बन्धी छ वटा सूचना प्राप्त भएका र  सबैको सकुशल उद्धार गरिएको जानकारी दिए ।  

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदामा फुल्चोकी भ्रमणमा आउनेको संख्या बढेको तर, फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताइन् ।  

भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित छोटो बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उनले आग्रह गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update