नेपाल न्युज प्वाइन्ट डटकम
अछाममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

काठमाडौँ : अछामको कमलबजार नगरपालिका ७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिपमा सवार कमलबजार नगरपालिका ७ बस्ने ३४ वर्षीय कर्ण भाटको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मिन बहादुर भाट र बद्री भाटलाई थप उपचारको लागी सुर्खेत तर्फ पठाइएको छ । दुर्घटनाग्रस्त जिप तथा चालक पुष्प बुढा प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update