नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ : नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य छनोट प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमद्वारा गठित छनोट समितिलाई सम्बन्धित प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

प्रतिस्पर्धात्मक प्रक्रियाबाट आवेदन दिँदा समेत आफूलाई अन्यायपूर्ण रूपमा सूचीबाट बाहिर राखिएको दाबी गर्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सोही निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले तत्कालका लागि प्रक्रिया रोक्न आदेश दिएको हो ।

सरकारले खुला प्रतिस्पर्धामार्फत निगमको अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरू चयन गर्ने तयारी अघि बढाएको थियो। तर अदालतको आदेशसँगै उक्त छनोट प्रक्रिया हालका लागि रोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update