भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
भारतीय जनता पार्टीको निमन्त्रणमा दिल्ली गएका लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री डा. एस.जयशंकर र गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ १४:०९
प्रतिक्रिया दिनुहोस्


