विपक्षीले अवरोध कायम राखेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित
काठमाडौं : प्रतिनिधिसभा बैठक यही जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले अवरोध कायम राखेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ २५ गते बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरे ।
बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
तर विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अघि बढ्न नदिने बताए ।
प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले समेत भारतको सीमा मिचेको भनि दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संसद्का दुवै सदनमा अवरोध गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ १५:५०
प्रतिक्रिया दिनुहोस्


