नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले छाया सरकार गठन गरेको होइन : नेता आङ्देम्बे

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् । कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको विषयलाई ‘छाया सरकार’ वा ‘छाया मन्त्रिपरिषद्’ भन्न नमिल्ने उनको भनाइ छ । 

“प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन”, आङ्देम्बेले भने ।

विगतमा नेपाली राजनीतिमा ‘छाया सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update