काठमाडौं : नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गतेको निर्णय बमोजिम धनकुटाकी कटुवाललाई सो जिम्मेवारी प्रदान गरेका हुन् । नेविसंघको कार्यसमितिको म्याद समाप्त भई स्वतः विघटन भएपछि रिक्त रहेको पदमा यो नियुक्ति गरिएको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) मा रहेको व्यवस्था बमोजिम सभापति थापाले कटुवाललाई अध्यक्ष पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त अध्यक्ष कटुवाललाई मुख्य गरी दुईवटा जिम्मेवारी दिइएको छ । तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने र पार्टीले प्रदान गरेको ११ बुँदे कार्यादेश र कार्यविवरण अनुसार संस्थाको कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको छ ।
नेविसंघलाई गतिशील बनाउँदै समयमै अधिवेशन गराउने उद्देश्यका साथ यो कदम चालिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।


