काठमाडौं : प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसदमा माफी माग्नुपर्ने माग गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग गरेका हुन् । प्रमुख सचेतक महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि दबाब दिए ।
उनले नेपालले कुनैपनि मुलुकको एक इन्च भूमि पनि नमिचेको दाबी गर्दै ती तथ्यहरुको हेक्का राख्न पनि प्रधानमन्त्री शाहलाई सचेत गराए । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्री साहलाई प्रमुख सचेतक महरले सचेत गराए ।
प्रमुख सचेतक महरले प्रधानमन्त्री साहलाई देशद्रोही खालको अभिव्यक्ति नदिन पनि ध्यानाकर्षण गराए ।


