नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षा विपरीत : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो ? भन्नेबारे संसदमा स्पष्ट जवाफ दिन माग गरेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तीन करोड नेपालीको शीर निहुरिएको बताए ।

उनले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षाविपरित रहेको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले संसद्‍मै उभिएर नेपालले भारतको कुन कुन भूभाग मिचेको हो ? भन्ने कुरा राख्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले नेपाल पनि सीमा आक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको भन्दै प्रधानमन्त्रीले माफी मागेर आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद चल्न नसक्ने समेत बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update