नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री बाहिरिएपछि प्रतिनिधिसभामा चर्काचर्की

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाहिरिएपछि सदनमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

बैठकमा उनले विभिन्न दलका प्रतिनिधिमध्ये प्रत्येक दलबाट एक-एक जना सांसदका जिज्ञासाको जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिए लगत्तै सांसदहरूबीच पुनः वादविवाद सुरु भएको हो ।

प्रधानमन्त्री बाहिरिएपछि ऐन महर लगायत केही सांसदहरूले बोल्ने समय माग गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सोही क्रममा स्थिति केही असहज बनेपछि सभामुखले हस्तक्षेप गरेका थिए ।

सभामुखले विशेष गरी ध्रुव राई र अन्य केही सांसदको व्यवहारप्रति संसदीय मर्यादा विपरीत गतिविधि भएको टिप्पणी गर्दै ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी उनले आरेन राईलाई सदनमा प्रयोग गरिएको भाषा र अभिव्यक्ति संयमित तथा मर्यादित बनाउन आवश्यक रहेको भन्दै सचेत गराएका छन् ।

बैठकमा उत्पन्न असहज परिस्थितिपछि केही समय सदनको वातावरण तातिएको भए पनि संसदीय कार्यसूची सामान्यतर्फ फर्काउने प्रयास गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update