नेपाल न्युज प्वाइन्ट डटकम
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, न्यूनतम तलब ४० हजार

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा‍.स्वर्णिम वाग्लेले कर्मचारीको तलब २१ प्रतिशतले बढाइएको जानकारी दिए ।

उनले वृद्धिबाट खाइपाइ आएको पारिश्रमिकमा २१ प्रतिशत वृद्धि हुने बताए । उनले यसबाट ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update