नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ६०० र चाँदी रु १७५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८६५ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update