तोलामा एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । मंगलबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु पाँच हजार ८० निर्धारण भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३ ११:४४
प्रतिक्रिया दिनुहोस्


