वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ १९:०९
प्रतिक्रिया दिनुहोस्


