नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध

काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।

आकस्मिक, शून्य र विशेष समयपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न दिए । थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्‍मा उपस्थित हुनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update