नेपाल न्युज प्वाइन्ट डटकम
सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौँ : सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए । 

उनका अनुसार, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो । 

सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ । उक्त पत्रलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । 

यस निर्णयले दुई देशबीचको विद्युत व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने अपेक्षा गरिएको सरकारका प्रवक्ता समेत रहेका प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update