नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपाको राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ । 

पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशन कार्यतालिका तय गरिएको हो ।

कार्यतालिकाअनुसार आगामी जेठ १५ गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ १० गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइन्युटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने छ ।

कार्यतालिकाअनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ २० गतेभित्र सङ्कलन गरिनेछ भने महाधिवेशन प्रतिनिधिहरूको नामावली पेस गर्ने अन्तिम समय जेठ २५ गतेसम्म तोकिएको छ । यस्तै, जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

हेर्नुहोस् तयारी कार्यतालिका :

rsp-mahadibesan-1779616302.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update