दीपेन्द्रको कप्तानीमा नेपालले एसियन गेम्स क्वालिफायर खेल्ने
काठमाडौं : एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान दीपेन्द्रसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, कारण केसी र साहब आलम छन् ।
एसियन गेम्स क्वालिफायर मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ ।
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३ १४:५२
प्रतिक्रिया दिनुहोस्


