तोलामा २८ सयले घट्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ । शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३ १२:२१
प्रतिक्रिया दिनुहोस्


