सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुन प्रतितोला २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३ १२:२६
प्रतिक्रिया दिनुहोस्


