नेपाल न्युज प्वाइन्ट डटकम
जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौं : सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update